थप एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत « Arthapath.com
६ असार २०८१, बिहीबार

थप एक कम्पनीको १० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ ।

बिहीबार कम्पनीको १० प्रतिशत बोनस बापतको ६२हजार ३३८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

गत आवको मुनाफाबाट कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस वितरण गरेको थियो । सोही सेयर नेप्सेमा सूचीकरण भएको हो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्