दुई कम्पनीको सेयर कारोबार रोक्का « Arthapath.com
१० असार २०८१, सोमबार

दुई कम्पनीको सेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई लघुवित्त कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले किसान लघुवित्त र जाल्पा सामुदायिक लघुवित्तको सेयर कारोबार रोक्का गरेको हो ।

यी दुई लघुवित्त एक आपसमा मर्ज भइ मातृभूमि लघुवित्तको नामबाट असार २७ गतेदेखि एकीकृत कारोबार थालनी गर्दैछन् । त्यसैले सेयर कारोबार रोक्का गरिएको हो ।

एकीकृत कारोबार प्रयोजनार्थ ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा ९ मा भएको व्यवस्था बमोजिम शेयर कारोबार रोक्का गरिएको हो।


प्रतिक्रिया दिनुहोस्