महिला लघुवित्तको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता ७०० रुपैयाँमै किन्ने मौका « Arthapath.com
१७ असार २०८१, सोमबार

महिला लघुवित्तको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता ७०० रुपैयाँमै किन्ने मौका



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले झन्डै २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीका संस्थापक सेियरधनीको नाममा रहेको १ लाख ९९ हजार ४७२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरको बिक्री मूल्य भने न्युनतम ७०० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संगठित संस्थाहरुले साउन ८ गतेभित्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड काठमाडौंमा आइपुग्ने गरि गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

उक्त सेयर खरिदका लागि न्युनत १०० कित्ताका लागि आवेदन दिन पर्ने छ भने अधिकतम सबै सेयर खरिदका लागि पनि दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्