सर्पोट लघुवित्तको १ लाख २३ हजार कित्ता बोनस सेयर सूचीकृत « Arthapath.com
१७ असार २०८१, सोमबार

सर्पोट लघुवित्तको १ लाख २३ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।

सोमबार सर्पोट लघुवित्त वित्तीय संस्थाको १ लाख २३ हजार ८०९ दशमलव ४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बापतको बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्