थप दुई कम्पनीको क्रमशः १३ प्रतिशत र १०.२६ प्रतिशत बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ? « Arthapath.com
१७ असार २०८१, सोमबार

थप दुई कम्पनीको क्रमशः १३ प्रतिशत र १०.२६ प्रतिशत बोनस सेयर सूचीकृत, कुनको कति कित्ता ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सोमबार सर्पोट लघुवित्तको १३ प्रतिशत र आइतबार सूर्यज्योति लाइफ इन्स्योरेन्सको १०.२६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

सोमबार सर्पोट लघुवित्त वित्तीय संस्थाको १ लाख २३ हजार ८०९ दशमलव ४० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बापतको बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

यस्तै, सूर्यज्योति लाइफको भने ४६ लाख ६३ हजार ७५६ दशमलव ९७४६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यी दुवै कम्पनीहरुको बोनस सेयर अब सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्