दुई कम्पनीको सेयर मूल्यमा उछाल, यी हुन आज उच्च दरमा कमाउनेहरु « Arthapath.com
२८ चैत्र २०८१, बिहीबार

दुई कम्पनीको सेयर मूल्यमा उछाल, यी हुन आज उच्च दरमा कमाउनेहरु



काठमाडौं । दुई लघुबीमा कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । बिहीबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको सेयर भाउ ९.९८ प्रतिशत वृद्धि भएको छ ।

साताको अन्तिम कारोबार दिन कम्पनीको सेयर भाउ प्रतिकित्ता ३६.५० रुपैयाँ बढेर ४०२२.२० रुपैयाँ कायम भएको छ ।

यता, क्रेष्ट माइक्रो लाइफको सेयर मूल्य पनि ९.९८ प्रतिशत अर्थात् प्रतिकित्ता ३०.२० रुपैयाँ बढेको छ ।योसँगै आज कम्पनीको सेयर भाउ प्रतिकित्ता ३३२.७० रुपैयाँ कायम भएको छ ।

आज मेन्छियाम हाइड्रोपावर, ङादी ग्रुप पावर, राधी विद्युत लगायतका लगानीकर्ताले कमाएका छन् । उक्त दिन ११३ वटा कम्पनीको सेयर भाउ वृद्धि भएको छ।


प्रतिक्रिया दिनुहोस्