नेको इन्स्योरेन्सको २ लाख २५ हजार कित्ता सेयर लिलामी बिक्री खुला

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको २ लाख कित्ता बढी सेयर लिलामी बिक्री खुला भएको छ । कम्पनीले आजदेखि २ लाख २५ हजार २६१.३५ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।
संस्थापक समूहको ४३ हजार ७७९.५२ र सर्वसाधारण समूहको १ लाख ८१ हजार ४८१.८३ कित्ता सेयर लिलाममा बिक्री खुला गरिएको कम्पनीले
लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुन सक्नेछन् ।
कम्पनीका अनुसार संस्थापक समूहतर्फ न्यूनतम १ हजार र सर्वसाधारण समूहतर्फ १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन आगामी बैशाख २१ गते आइतबारसम्म दिन सकिनेछ ।
कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।