नेप्सेमा २ कम्पनीको सेयर सूचीकृत, कुनको कित्ता कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज मिथिला लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।
श्री इन्भेस्टमेन्ट फाइनान्सकम्पनीको १.८६५९ प्रतिशत बोनस सेयर वापतको १ लाख ८३ हजार १६८ कित्ता सेयर सूचिकृत भएको हो ।
त्यसैगरी, मिथिला लघुवित्तको १४.२५ प्रतिशतले हुन आउने २ लाख ७९ हजार ३०३.९३ कित्ता बोनस सेयर सूचिकृत भएको नेप्सेले जनाएको छ ।
अब आइतबारदेखि दुवै कम्पनीको सेयर कारोबारमा आउनेछन् ।