लुम्बिनी हर्बोस्यूटिकल्सले आईपिओ ल्याउने, बिक्री प्रबन्धकमा एलिट क्यापिटल « Arthapath.com
९ असार २०८१, आईतवार

लुम्बिनी हर्बोस्यूटिकल्सले आईपिओ ल्याउने, बिक्री प्रबन्धकमा एलिट क्यापिटल



काठमाडौं । भैरहवामा संचालित आयुर्वेद औषधी तथा आयुर्वेद खाद्यपदार्थ उत्पादन गर्ने कम्पनी लुम्बिनी हर्बोस्यूटिकल्सले पुँजी बृद्धि गर्दै आईपिओ जारी गर्ने भएको छ ।

कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवासम्बन्धि सम्झौता गरेको छ । यससम्बन्धि सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक्ष डा. धु्रब भट्टराईले हस्ताक्षर गरेका छन् ।

एलिट क्यापिटलले ‘रोड टु आईपिओ’ योजना अन्तरर्गत लुम्बिनी हर्बोस्यूटिकल्सलाई थप पुँजी जुटाउँदै पव्लिक कम्पनीमा रुपान्तरण गरी आईपिओ निष्काशन गर्न परामर्श सेवा प्रदान गर्नेछ । एलिटले कम्पनीको पुँजीबृद्धि, ब्यवशाय विस्तार, वित्तिय व्यवस्थापन र बजारीकरणका लागि समेत संस्थागत परामर्श सेवा उपलब्ध गराउने भएको छ । यसबाहेक आईपिओ निष्काशन प्रयोजनका लागि बिक्री प्रबन्धक र अण्डरराईटरको व्यवस्थापन पनि एलिट क्यापिटलले नै गर्नेछ ।

हाल कम्पनीको चुक्ता पुँजी १३ करोड रुपैयाँ छ । कम्पनीमा नयाँ लगानीकर्ता थपिएसँगै पुँजीबृद्धि गरी नयाँ प्लान्टमार्फत उत्पादन शुरु गर्न लागिएको छ । रुपन्देहीको तिलोत्तमा १५ मा आफ्नै भवनमा रहेको कारखानामा कम्पनीले बिभिन्न ब्राण्डका करिब २ दर्जन आयूर्वेदजन्य औषधी तथा खाद्यपदार्थ उत्पादन गरिरहेको छ ।

हालसम्म औषधीजन्य उद्योगहरु पव्लिक कम्पनीको रुपमा दोस्रो बजारमा छैनन । २ वटा औषधी उद्योगले आईपिओ जारी गर्नका लागि प्रक्रिया शुरु गरेका छन । तर, आयूर्वेद औषधी उद्योगको रुपमा लुम्बिनी दोस्रो बजारमा आउने पहिलो कम्पनी हुनेछ ।


प्रतिक्रिया दिनुहोस्