ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट « Arthapath.com
१२ चैत्र २०८१, मंगलवार

ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट



काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज बाँडफाँट भएको हो।

कम्पनीले कुल २० लाख ५६ हजार ५७६ जनाले २ करोड ४५ लाख २९ हजार ५९० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १८ लाख ४८ हजार २९८ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट नियमावली अनुसार गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख ४७ हजार ६०० जना आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन्।

कम्पनीले गत फागुन २७ गतेदेखि चैत ३ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ७६ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो।


प्रतिक्रिया दिनुहोस्