ट्रेड टावरलाई आइपीओ निष्काशन गर्न बोर्डको अनुमति

काठमाडौं । ट्रेड टावरले आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले २०७९ असार १४ गते बोर्डमा आइपीओ बिक्रीका लागि अनुमति मागेको थियो । आवेदन दिएको ३२ महिना पछि कम्पनीले स्वीकृति पाएको हो ।
अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ जारी गर्नेछ ।
ट्रेड टावर लिमिटेडले गत वर्ष (सन् २०२४) मा ११ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । जुन सन् २०२३ को भन्दा २३.३३ प्रतिशत धेरै हो । सन् २०२३ मा यस कम्पनीले ९ करोड रुपैयाँ बराबरको आम्दानी गरेको थियो ।