मंसिर ११ र १२ गते एफएनसिसिआईकाे चुनाव काठमाण्डाैंमा हुने पक्का

काठमाण्डाैं । नेपाल उद्योग वाणिज्य महासंघको चुनाव अन्तत आगामी मंसिर ११ र १२ गते काठमाण्डाैंमा हुने भएकाे छ । सारणसभा तथा चुनाव गर्नको लागि सरकारले अनुमति दिएको छ ।
महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने आज बसेकाे महासंघकाे कार्यकारेणी बैठकले निर्णय गरेकाे छ ।
नेपाल उद्योग वाणिज्य महासंघकाे निर्वाचनमा बरिष्ठ उपाध्यक्षकाे लागी किश्वााेर प्रधान र चन्द्र ढकाल प्यानल बनाएर हाेमिएका छन । चैत्रमा हुनुपर्ने महासंघकाे सधारणसभा काेराेनाकाे कारण सर्दै अाएकाे थियाे ।
विहिबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो । साधारणसभा सरकारले ताेकेकाे स्वास्थ्य मापदण्ड अपनाएर गरिने बरिष्ठ उपाध्याक्ष शेखर गाेल्छाले बताए ।