सामसुङको दोस्रो फोल्डिङ फोन ‘ग्यालेक्सी जेट फ्लिप’ सार्वजनिक र्गयो

काठमाडौं । दक्षिण कोरियाली स्मार्टफोन उत्पादक कम्पनी सामसुङले दोस्रो फोल्डिङ फोन सार्वजनिक गरेको छ । सामसुङले पहिलोपटक फोल्डिङ स्मार्टफोन सार्वजनिक गरेको थियो ।
गतवर्षको सेप्टेम्बर महिनामा सामसुङले ‘सामसुङ ग्यालेक्सी फोल्ड’ फोल्डिङ फोन सार्वजनिक गरेको थियो ।
सामसुङले यसैहप्ताको मंगलबार दोस्रो फोल्डिङ फोन ‘ग्यालेक्सी जेट फ्लिप’ सार्वजनिक गरेको हो ।
अमेरिकाको सान फ्रान्सिस्को शहरमा ६.७ इन्चको डिस्प्ले भएको फोन सार्वजनिक गरेको हो । यो फोन पर्पल, ब्ल्याक र गोल्ड कलरमा प्राप्त गर्न सकिनेछ ।
फेब्रुअरी १४ देखि अर्थात् शुक्रबारदेखि यो फोन उपलब्ध हुनेछ । एजेन्सी