एफवान सफ्टले पायो दक्षिण पूर्वी एशिया व्यापार पुरस्कार

कठमाडौं । सफ्टवेयरको क्षेत्रमा अग्रणी कम्पनी एफवान सफ्ट इन्टरनेशनललाई दक्षिण पूर्वी एशिया व्यापार पुरस्कारबाट सम्मानित गरिएको छ ।
यो पुरस्कार बेलायतको अग्रणी बिजनेस पत्रिका एपीएसीले दक्षिण एशियाका व्यवसायहरूले विभिन्न क्षेत्रमा सिर्जना गरेको प्रभावका आधारमा हरेक वर्ष प्रदान गर्ने गर्दछ ।
यो नेपाली कम्पनीले पहिलो पटक जितेको एक प्रतिष्ठित पुरस्कार हो ।
विश्वलाई विशेषगरी कोरोना भाइरस महामारीको समयमा अझ नविन सिर्जना गर्ने कम्पनीहरूको आवश्यकता छ ’।
अवार्ड संयोजक क्याथरिन बेन्टनले पनि एपीएसी इन्साईडरको तर्फबाट एफवान सफटलाई बधाई दिएका छन ।
एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी हो ।
एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानी र मोबाईल बैंकिङ सेवाको विकास गरेको छ, जुन नेपालका एक करोड व्यक्तिले प्रयोग गर्दछन् ।
कम्पनीले ७ सय जनालाई रोजगारी प्रदान गरेको छ ।