टेलिकमको ह्याप्पी लर्निङ प्याकमा ५ सय रूपैयाँमा ३५ जीबी डाटा उपलब्ध

काठमाडौं । बुबाको मुख हेर्ने दिन पारेर नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक ल्याएको छ । टेलिकमले विद्यालय र विश्वविद्यालयले सञ्चालन गरिरहेको अनलाइन पठनपाठनलाई लक्षित गर्दै ह्याप्पी लर्निङ प्याक ल्याएको हो ।
प्याकेज अन्तर्गत ३ सय १५ रुपैयाँमा २४ जीबी र ५ सय रुपैयाँमा मा ३५ जीबी डाटासहितको प्याक रहेको टेलिकमले जनाएको छ ।
२४ जीबी डाटामध्ये २० जीबी डाटा जुम माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई(लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटामा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न सकिने टेलिकलमे जनाएको छ ।
यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको रहने टेलिकमको भनाइ छ ।
प्याक कसरी लिने ?
प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना ९भमगउबअप२लतअ।लभत।लउ० मा पठाउनु पर्नेछ।
सिफारिश प्राप्त भएका नम्बरहरुलाई कम्पनीले एसएमएसमार्फत् सन्देश पठाएर प्याकेज खरिद गर्न सूचना दिनेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट स्टार १४४१३ डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनोट गरी प्याकेज खरिद गर्न सकिने छ ।