नी – मजी इलेक्ट्रिक अटो नेपाली बजारमा, एक पटकको फूलचार्जबाट १३० कि मि गुड्ने « Arthapath.com
२८ मंसिर २०७७, आईतवार

नी – मजी इलेक्ट्रिक अटो नेपाली बजारमा, एक पटकको फूलचार्जबाट १३० कि मि गुड्ने



काठमाडौँ । नेपालको एक प्रतिष्ठित व्यवसायिक संस्था हिमालय अर्गनाइजेशन अन्तरगतको हिमालय मोटोराड कम्पनीले नेपालमा एक पटकको फूलचार्जबाट १३० कि मि गुड्ने केरेला अटोमोवाइल्स लिमिटेडद्वारा भारतमा निर्मित नीम–जी ईलेक्ट्रिक अटो नेपालको बजारमा ल्याएको छ।

हिमालय मोटोराडले भारतको केराला राज्य सरकारको स्वामित्वमा रहेको केरला अटोमोवाईल लिमिटेडद्धारा उत्पादित इलेक्ट्रिक अटोनीम–जीको नेपाल अधिराज्यभर आजदेखि विक्री वितरणको शुभारम्भ गरेको छ । यस ईलेक्ट्रिक अटोको सञ्चालन खर्च ७५ पैसा प्रति किलोमिटर मात्र रहेको, ब्याट्रीमा ३ बर्ष वा १५०० लाईफ साईकलको वारेन्टी रहेको छ भने ३ घण्टा ५५ मिनेटमै सजिलै आफ्नै घरको प्लगमा जोडेर फुल चार्ज गर्न सकिने हिमालय मोटराडका अध्यक्ष धुव थापा बताए ।

सो नीम–जी ईलेक्ट्रिक अटोको मुल्य ८ लाख ४९ हजार रहेको कार्यक्रममा बताइएको छ ।केरेला अटोमोवाइल्स कम्पनीका प्रतिनिधि फिरोज खानले सो कम्पनी र सवारी साधनहरुको बारेमा जानकारी गराएका थिए । उनले निकट भविष्यमा उक्त इलेक्ट्रिक अटोको व्याट्रीमा ८ बर्ष सम्मको वारेन्टी दिनको लागि कम्पनीले काम गरिरहेको कुरा बताए । उक्त कार्यक्रममा हिमालय मोटोराडका निर्देशक सौरव थापाले उक्त सवारी साधनमा ३० डिग्री सम्मको उकालो सजिलै चढ्न सक्ने नेपालको बाटो सुहाउँदो, उच्चत्तम गति ५० किमि प्रतिघण्टा, आकर्षक बनावटका साथै डिजिटल डिस्प्ले मिटर समेत रहेको जानकारी दिए ।

नेपालमा हाल साना तथा ठुला ईलेक्ट्रिक सवारी साधनहरु भित्रिने क्रम तिब्र रुपमा बढेको छ । डिजेल पेट्रोलबाट चल्ने सवारी साधनहरुको तुलनामा ईलेक्ट्रिक सवारी साधनहरु केही महंगो हुने भएता पनि समग्रमा सञ्चालन खर्च धेरै नै सस्तो पर्न जान्छ । जसले गर्दा अहिले नेपालका यातायात व्यवसायीहरु इलेक्ट्रिक सवारी साधनमा आकर्षित हुन थालेका छन ।


प्रतिक्रिया दिनुहोस्