सिजीले ल्यायो ‘वासर ड्राइयर वासिङ मेसिन’, कस्ता छन् विशेषताहरु ? « Arthapath.com
२४ असार २०८१, सोमबार

सिजीले ल्यायो ‘वासर ड्राइयर वासिङ मेसिन’, कस्ता छन् विशेषताहरु ?



काठमाडौं । नेपालकै सबैभन्दा ठुलो र चर्चित ब्राण्ड सिजीले वासर ड्राइयर वासिङ मेसिन ल्याएको छ ।

वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र मेसिन भित्र नै सहजै सुक्ने प्रविधियुक्त वासिङमेसिन ल्याएको हो ।
पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उद्देश्यले उक्त वासिङ मेसिन ल्याएको सिजीले जनाएको छ ।

उक्त मेसिनमा स्पाकेयर प्रविधिको मद्दतले लुगा सफासँग धोई लुगामा भएका किटाडुहरुलाई नाश गरि, हिट पम्प ड्राइङ टेक्नोलोजि मार्फत कपडा मेसिन भित्र सहजै रुपमा धुन अनि सुकाउन मिल्छ ।

बि ड्राइभ इन्भर्टर मोटरले १४०० आर.पि.एममा कपडाहरु मज्जाले घुमाएर धुन्छ भने सोही मेसिनमा फरक–फरक किसिमका कपडाहरु फरक–फरक ढङ्गले धुनका लागि प्रि वाश, नाईट वाश, एक्स्ट्रा रिन्ज अनि स्पिड वाश जस्ता मोडहरु रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मेसिनको मोटरमा १० वर्षको वारेन्टि दिएको छ । विभिन्न क्षमतामा उपलब्ध उक्त मेसिन नजिकैको सि.जी स्टोरहरुबाट अथवा अनलाइनबाट पनि खरिद गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्