सोलुखुम्बुको थामेमा टेलिफोन तथा इन्टरनेट सेवा सुचारु « Arthapath.com
३ भाद्र २०८१, सोमबार

सोलुखुम्बुको थामेमा टेलिफोन तथा इन्टरनेट सेवा सुचारु



काठमाडौं । सोलुखुम्बु जिल्लाको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा स्थापित भएको छ ।

सोलुखुम्बुको खुम्बु गाउँपालिका–५ थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको थियो ।

विद्युत सेवा अवरुद्ध हुँदा सो क्षेत्र लगायत नाम्चे, खुमजुंग, पानी ट्यांकीका बिटीएस टावरहरु बन्द भएका थिए । टेलिकमले उक्त बिटीएस टावरहरु सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिसकेको जानकारी दिएको छ ।

हाल नाम्चे, खुमजुंग, पानी ट्यांकी, फोट्से लगायत क्षेत्रका बिटीएस टावरहरु सुचारु भई उक्त क्षेत्रमा मोवाइल सेवा स्थापित टेलिकमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्