पूर्ण रुपमा खुल्यो टिकटक « Arthapath.com
२१ भाद्र २०८१, शुक्रबार

पूर्ण रुपमा खुल्यो टिकटक



काठमाडौं । नेपालमा टिकटक सेवा सुचारु भएको छ। सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । गत भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । सोही निर्णयसँगै नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउन निर्देशन दिएको छ ।

प्राधिकरणले टिकटक सेवा सुचारु गर्न इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस्