बाढी पहिरो र डुबानका कारण अवरुद्ध नेपाल टेलिकमका सेवाहरु धमाधम सुचारु हुँदै

काठमाडौं । नेपाल टेलिकमको सेवा पुनर्स्थापित गर्ने प्रयास भइरहेको जनाएको छ ।
विगत केही दिनदेखिको अविरल वर्षाका कारण नेपालभरीका विभिन्न स्थानहरुमा आएको बाढी, पहिरो तथा डुबानका कारणले कतिपय स्थानमा नेपाल टेलिकमका सेवाहरु अवरुद्ध हुन गएको छ ।
विद्युत आपूर्तिमा रोकावट भई टेलिकमका बीटीएस टावरहरु बन्द भएको तथा कतिपय स्थानका ट्रान्समिसन लिङ्कहरु समेत अवरुद्ध भएको अवस्था थियो ।
प्रतिकूल मौसमका बाबजुद पनि प्राविधिक परिचालन गरी सेवा पुनर्स्थापित गर्ने प्रयास भइरहेको टेलिकले जनाएको छ । धेरै स्थानका टेलिफोन तथा इन्टरनेट सेवा सुचारु भइसकेको छ भने अन्य स्थानमा पनि सेवा पुनर्स्थापनाको प्रयास जारी छ ।