दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

काठमाडौं । दुई इन्टरनेट सेवा प्रदायकको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इमेलसहितको सेवा दिने सीडाटा कम्युनिकेस र लाइफ नेटको लाइसेन्स खारेज गरेको हो ।
एक सूचना प्रकाशन गर्दै प्राधिकरणले ती दुई वटा इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज भएको जनाएको छ । लाइफ नेटले प्राधिकरणबाट २०७६ भदौ ३० गते अनुमति पाएको थियो ।
यता, सी डाटा कम्युनिकेसनले भने २०७६ माघ १९ गते अनुमति पाएका थियो । तर, समयमा नै अनुमतिपत्र नवीकरण नगराएको र तोकिएको दस्तुर नतिरेपछि प्राधिकरणले ती सेवा प्रदायकको लाइसेन्स खारेज गरिदिएको हो । नेपाल दूरसञ्चार प्राधिकरण ऐन २०५३ को दफा २५ (५) अनुसार इजाजतपत्र खारेज भएको सूचनामा उल्लेखछ ।
सी. डाटा कम्युनिकेसनले शर्त बमोजिम सेवा संचालन नगरेको सूचनामा उल्लेख छ।
प्राधिकरणले लाइफ नेटलाई भने सूचना प्रकासित भएको ३० दिन भित्र नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष सम्पर्कमा आउन पनि सूचित गरेको छ ।