बेको ब्रान्डको निशुल्क एसी सेवा शिविर, जुनसुकै ब्रान्डसँग पनि साट्न सकिने

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत रहेको बेको ब्रान्डले निशुल्क एसी सेवा शिविर २०२५ को आयोजना गरेको छ ।
शिविरमा ग्राहकहरुले आफ्नो जुनसुकै ब्रान्डको एसीको जाँच र मर्मत निशुल्क रुपमा गराउन सक्नेछन् । कम्पनीका अनुसार सर्भिसिङ मात्र नभई ग्राहकले आफ्नो पुरानो एसी परिवर्तन पनि गर्न सक्नेछन् ।
उनीहरुलाई उत्कृष्ट मूल्याङ्कन प्रदान गरिने कम्पनीले जनाएको छ । जसअन्तर्गत ५० प्रतिशतसम्मको अतिरिक्त मूल्याङ्कन समेत पाउनेछन् । यस्तै, नयाँ बेको एसीसँग साट्न सकिनेछ ।
नयाँ एसी खरिदमा विशेष २० प्रतिशतसम्मको छुट र एसी को स्पेयर पाट्र्स आवश्यक परेमा ५० प्रतिशत छुटको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार विशेष सेवाको अर्को आकर्षक पक्ष एसी एक्सचेञ्ज गर्दा प्राप्त हुने कुपन सुविधा हो, ग्राहकले एक्सचेञ्जमा ३ हजार मूल्य बराबरको २ वटा निशुल्क सेवा कुपन प्राप्त गर्न सक्नेछन् ।