“यस बैंक” का संस्थापक राना पक्राउ

काठमाडौं । भारतको समस्याग्रस्त घोषणा गरिएको यस बैंक का संस्थापक राना कपुर पक्राउ परेका छन । वित्तीय अपराध सम्बन्धी जाँच एजेन्सीले आइतबार सम्पत्ति शुद्धिकरण अनुसन्धानका क्रममा पक्राउ गरेको हो ।
जाँच एजेन्सीका अधिकारीहरुले आइतबार बिहान ३ बजे बैंकका संस्थापक राना कपूरलाई मुम्बईस्थित निवासबाट पक्राउ गरेका हुन । रानाले बैंकसम्बन्धी अनुसन्धानमा असयोग गरेपछि पक्राउ गरिएको जाँच एजेन्सीका एक अधिकारीले बताए ।
यस बैंकले पनि रानाको गिरफ्तारीको पुष्टी गरेको छ । अधिकारीहरुले मुम्बईस्थित रानाको भव्य महलमा छापा मारेका थिए ।