नेपालसंग सीमा जोडिएको उत्तर प्रदेशको लखनऊमा कोराना संक्रमित फेला

काठमाडौं । उत्तर प्रदेशको राजधानी लखनऊमा एक महिलामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । क्यानडाबाट लखनऊ आएकी एक महिलामा कोरोनाको संक्रमण देखिएको भारतिय संचार माध्यमहरुले जनाएका छन । भारतमा भाइरसका शिकार हुनेहरूको संख्या बढेर ६१ पुगेको हो ।
क्यानाडाबाट फर्किएकी यी महिलालाई केजीएमयूको आईसोलेशन वार्डमा राखिएको भारतीय सञ्चार माध्यमले जनाएका छन । यसैबीच, कोरोनाको डरले लखनऊमा भारतीय प्रबंधन संस्थानको दीक्षान्त समारोह स्थगित गरिएको छ ।