कतारले २० जना नेपालीलाई फिर्ता पठायो

काठमाडौं । कतारले २० जना नेपालीलाई फिर्ता पठाएको छ । कोरोना भाइरस संक्रमणको सावधानीलाई बेवास्ता गर्ने २० नेपाली कामदारलाई कतारले फिर्ता पठाइदिएको हो।
२ जना २ दिनअघि र १८ जना सोमबार फिर्ता भएका हुन । खाडी मुलुकले पछिल्लो समय कामदारलाई सेल्फ क्वारेन्टाइन र सामूहिक क्वरेन्टाइनमा राखेको छ ।
दूतावासले पनि सूचना अनुसार निषेधित क्षेत्रमा पुगेकाले पक्राउ गरी स्वेदश फर्काइदिएको परराष्ट्र अधिकारीले जानकारी दियो ।
यूएई, साउदी अरेबिया, ओमान, बहराइन र कुवेतले पनि घरबाट बाहिर ननिस्कन स्वदेशी एवम विदेशी सबैलाई आग्रह गरिसकेका छन ।