सुपारी, छोकडा र मरिच आयातमा परिमाणात्मक बन्देज लगाउने सरकारको तयारी

काठमाडौं । चाल आर्थिक वर्षमा सरकारले सुपारी, छोकडा र मरिच आयातमा कोटा निर्धारण गरेर नै बन्देज लगाउने तयारी गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालु आर्थिक वर्षका लागि आयात गर्ने ति वस्तुमा कोटा नै निर्धारण गरेर प्रतिबन्ध लगाउने तयारी गरिएको बताएको छ ।सोही अनुरुप चाल आर्थिक बर्षबाट १५ हजार मेट्रिकटन सुपारी, पाँच हजार मेट्रिकटन छोकडा र १५ हजार मेट्रिकटन दाना मरिच मात्रै ल्याउन पाउने गरी मन्त्रिपरिषदमा प्रस्ताव पठाइएको मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।
कोरोना भाइरस कोभिड १९ संक्रमणको व्यापार घाटा कम गर्न यस्तो प्रस्ताव अघि सारेको मन्त्रालयले जनाएको छ ।यसअघि सरकारले गत चैत १६ गते मरिच, छोकडा, सुपारी र केराउको दाना आयातमा प्रतिबन्ध लगाएपनी फेरी भदौ १५ गते सरकारले नाकामा रोकिएका मरिच र केराउको प्रतिबन्ध फकुवा गरेको थियो ।