शङ्कर ग्रुपको ७ अर्व लगानीमा जस्तापाता उत्पादन सुरु, मासिक ७ हजार टन निर्यात गर्ने  « Arthapath.com
१० फाल्गुन २०७८, मंगलवार

शङ्कर ग्रुपको ७ अर्व लगानीमा जस्तापाता उत्पादन सुरु, मासिक ७ हजार टन निर्यात गर्ने 



काठमाडौँ । उत्पादनमुखी उद्योगमा आक्रामक बनेको शङ्कर ग्रुपले ‘जगदम्बा सुपर साइन’ जस्तापाता उत्पादन सुरु गरेको छ । कम्पनीले डेढमहिना देखी जस्तापाता उत्पादन सुरु गरेको भए पनि हालै श्रीलङ्का निर्यात गरेको हो । 

‘हामीले हालै नयाँ प्लान्ट बनाएर जस्ता तथा अन्य हार्ड पाता उत्पादन सुरु गरेका छौँ’ शङ्कर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने । ग्रुपले ‘जगदम्बा ग्ल्याभा’ ब्रान्डको पाता उत्पादन सुरु गरेर २ हजार टन श्रीलङ्का निर्यात गरिसकेको छ । 

‘हामीले उत्पादन गरेको बस्तु निर्यात गरेर देशको अर्थतन्त्रलाई थप बलियो बनाउन लागिपरेका छौँ’ शाहिलले भने । जगदम्बा ग्रुपले ७ अर्ब लगानीमा बारा जिल्लामा जस्तापाता उत्पादन सुरु गरेको छ । कोल्ड रोल कोइल बनाएर ट्रक बढी, हार्ड टाइपका पाता उत्पादन पनि सँगै गरिरहेको छ । 

जगदम्बा ग्ल्याभामा आल्मोन्युम र जिङ्कको मिक्स गरेर उत्पादन सुरु । यसअघि जस्तापाता जिङ्कबाट मात्रै बन्थ्यो । अहिले हामीले जिङ्कभन्दा १० गुणा टिकाउ हुने ग्ल्याभालुम उत्पादन सुरु भएको अग्रवाल बताउँछन् । 

?

‘कम्पनीले जगदम्बा सुपर साइन निर्यात गर्न निर्यात डिपार्टमेन्ट खडा गरेका छौं’ शाहिलले भने । ‘विभिन्न देशबाट इन्क्वायरी आइरहेको छ’, ‘निकट भविष्यमा छड पनि निर्यात गर्ने प्लानमा छौँ ।’ अहिले श्रीलङ्का निर्यात भएको र निकट भविष्यमा भारत लगायत अफ्रिका, भेतनाम, इण्डोएसिया लगायतबाट माग भइरहेको छ । महिनामा ५ देखी ७ हजार टन जस्तापाता निर्यात गर्ने प्लानमा शङ्कर ग्रुप रहेको छ ।  


प्रतिक्रिया दिनुहोस्