अमेरिकी फेडरल रिजर्भले घटायो ब्याजदर « Arthapath.com
३ आश्विन २०८१, बिहीबार

अमेरिकी फेडरल रिजर्भले घटायो ब्याजदर



काठमाडौं । अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले ब्याजदर घटाएको छ । फेडरल रिजर्भल शून्य दशमलव ५० प्रतिशत बिन्दुले ब्याजदर कटौती गरेको हो ।

फेडरल ओपन मार्केट कमिटि (एफओएमसी) ले हालको सन्दर्भमा सो बराबरको ब्याजदर घटाउने निर्णय गरेको हो । यसअघि फेडरल ब्याजदर ५.२५ प्रतिशत देखि ५.५० प्रतिशतसम्मको सीमामा रहेको थियो । तर, हाल भने यस्तो ब्याजदर ४.७५ प्रतिशत देखि ५ प्रतिशतसम्मको सीमा झारेको छ ।

बेरोजगार दर र मूल्यवृद्धिमा आशलाग्दो परिणम देखिन थालेपछि ब्याजदर घटाउने निर्णय गरेको सञ्चारमाध्यमहरु उल्लेख गरेका छन् । बेरोजगारीको जोखिम विस्तारै सन्तुलन तर्फ रहेकोले पनि ब्याजदर कटौति गरिएको उल्लेख छ । आगामी दिनमा मूल्य वृद्धि नियन्त्रणमे रहेमा २०२४ को अन्त्य तिर पुनः शून्य दशलव ५० प्रतिशत बिन्दुले ब्याजदर घट्न सक्ने अनुमान समेत गरिएको छ ।

पछिल्लो आँकडा अनुसार अमेरिकी बेरोजगार दर ४.४ प्रतिशत छ । यस्तो दर एक वर्ष अघि भने ४ प्रतिशत मात्रै रहेको थियो । यता, मूल्य वृद्धि पनि २.३ प्रतिशतमा आइपुगेको छ । मूल्यवृद्धि यसअघि २.६ प्रतिशत रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्